INSEC Online

📅 २०८३ जेष्ठ २१

पाठ नगरेको आरोपमा शिक्षिकाद्वारा विद्यार्थीलाई कुटपिट गरेको आरोप

चौतारा नपा-७ स्थित श्री कृष्णरत्न गङ्गा माविको कक्षा चारमा अध्ययनरत १० वर्षीय कविन कक्षपतिलाई कात्तिक २६ गते सोही विद्यालयमा कार्यरत शिक्षिका कविता श्रेष्ठले पाठ नगरेको आरोपमा कुटपिट गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित बालकलाई फलामको स्केलले गोडाको विभिन्न ठाउँमा निलडाम हुनेगरी कुटपिट गरेको पीडितका बावु कमल कक्षपतिले बताए । पीडित बालकको चौतारा अस्पतालमा उपचार भएको कमलले बताए ।

विद्यालका प्रधानध्यापक राजेन्द्र कार्कीले कुटपिट गर्ने शिक्षिकालाई कारबाही गर्ने बताए । पीडित बालकका अभिभावक कमल कक्षपतिका अनुसार विद्यालयले आफूसँग माफी मागेको हुनाले इन्सेक जिल्ला प्रतिनिधिबाहेक अरु कसैलाई उजुरी गरिएको छैन ।

आरोपित शिक्षिकालाई कारबाही गर्ने र आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने भनी माफि मागेकाले एकपटकलाई छाडिदिएको बताए । पीडित बालकको स्वास्थ्य अवस्था सामान्य रहेकोसमेत पीडितका बावुले जानकारी दिए ।

अन्य

भिडियो