कमल गाउँपालिका–१ का ७० वर्षीय सूर्यबहादुर थापाको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय छोरा प्रकाशलाई साउन २४ गते गिरफ्तार गरेको छ ।
साउन २४ गते बिहान भएको विवादका क्रममा आरोपितले चिर्पट प्रहार गर्दा बृद्घ बाबुको मृत्यु घटनास्थलमै भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
शवको पोष्टमार्टमका लागि मेची अञ्चल अस्पतालको शव गृहमा राखिएको डिएसपी श्रेष्ठले बताए ।