आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको एनसेल टावरमा साउन १५ गते राति अज्ञात पक्षद्वारा गराइएको बम विष्फोटका कारण यस क्षेत्रमा एनसेलको सेवा अवरूद्ध भएको छ ।
टावरमा रहेका तार र ब्याट्रीहरूमा भएको क्षतिका कारण आलिताल गाउँपालिका र आसापासका क्षेत्रमा १५ गतेदेखि हालसम्म एनसेलको मोवाइल सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्स्पेक्टर लक्ष्मण खडकाले बताए ।
घटना कसले घटायो भन्ने बारे हालसम्म कुनै जानकारी भइनसकेको र घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले बताए ।