INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई साउन १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १६ गते यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाले परिवारमा घाटनाबारे जानकारी दिएपछि बालिकाका आफन्तले वडा प्रहरी कार्यालयमा साउन १७ गते उजुरी दिएका दिएका थिए ।

उक्त उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोतीलाल योञ्जनले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १७ गते शिवराज अस्पताल बहादुरगन्जमा गरिएको छ ।

अन्य

भिडियो