अछाम बान्नीगढी जयगढ गाउँपालिका–५ घर भइ पोखरा महानगरपालिका–१ बगर बस्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता २१ वर्षीय राजन साउदलाई प्रहरीले साउन १७ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी राजकुमार केसीले सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।
‘उहाँ आफैँले म विद्यार्थी सङ्गठनमा आबद्ध छु भनेर भन्नुभएको छ । सोधपुछ पछि आवश्यक देखिएमा थप अनुसन्धानका लागि राख्न सकिन्छ ।’–डिएसपी केसीले भने ।
जनपत्रकार सङ्गठन कास्की जिल्ला संयोजक रमेश बास्तोलाले आफ्नो सङ्गठनका सदस्य समेत रहेका साउदको गिरफ्तारीप्रति खेद प्रकट गर्दै रिहाइको लागि पहल गरिदिन आग्रह गरेका छन् ।
उनले निर्वाध रूपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सम्मान गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।
गत जेठ २५ गते अन्नपूर्ण गाउँपालिका–११ उरीबाट प्रहरीले साउद सहित १८ जनालाई गिरफ्तार गरेको थियो भने साउद सहित ५ जना असार ३० गते मानव अधिकारकर्मीहरूको पहलमा रिहा भएका थिए ।