INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप प्रहरीले सुनवल नगरपालिका-४ का ४१ वर्षीय लोकबहादुर क्षेत्रीलाई साउन १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई साउन १४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो