मेलम्ची नगरपालिका-१ फटकसिलाका २१ वर्षीय रविन्द्र चौलागाईलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको आरोपमा प्रहरीले साउन ११ गते गिरफ्तार गरेको छ ।
चौलागाईलाई प्रहरीले इन्द्रवती गाउँपालिका-४ नवलपुरबाट ११ गते गिरफ्तार गरी साउन १३ गते सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताए ।
उनलाई साउन १२ गते जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धन भइरहेको डिएसपी काफ्लेले बताए ।