INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयबाट बेपत्ता भएकी बालिकाको शव गाडेको अवस्थामा फेला

विद्यालयबाट असार १८ गतेदेखि बेपत्ता भएकी आठ वर्षीया बालिका कल्पना भुल भनिने कलावती सार्कीको शव असार ८ गते खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ ।

 

दोगडाकेदार गाउँपालिका–२ ढिकगाड घरभई दशरथचन्द नगरपालिका–४ बमरोडामा बुबासँगै बस्दै आएकी कलावतीको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर दीपक पातलीले बताए ।

 

आधारभूत विद्यालयको माथिपट्टी भीरको छेउमा स्थानीय महिलाले बाख्रा चराउने क्रममा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेको र खााल्डो खनेर हेर्दा बालिकाको अस्थीपञ्जर मात्रै भेटिएको इन्स्पेक्टर पातलीले बताए ।

 

बालिकाको कसले र किन हत्या गरेको हो ? भन्ने विषयमा केही खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

कलावतीका ५८ वर्षीय बुबा खडक सार्की दशरथचन्द नगरपालिका–४ बमरोडामा बसेर मजदुरी गर्दै आएका छन् ।

 

खडकका अनुसार बालिका असार १८ गते बिहान विद्यालय पुर्‍याएपछि बेपत्ता भएकी हुन् । बालिका बेपत्ता भएलगत्तै खोजतलास गरेपनि प्रहरीले फेला पार्न सकेको थिएन् । बालिका स्थानीय ईश्वर आधारभूत विद्यालयको कक्षा एकमा अध्ययनरत छात्रा हुन् ।

अन्य

भिडियो