INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले झापा जिल्ला बिर्तामोड नगरपालिका-५ घर भई हाल ललितपुर महानगरपालिका-१५ साम्पाङचोकमा झारफुक गरी बस्ने ४० वर्षीय सर्बु राईलाई साउन ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ७ गते झारफुक गर्ने बहानामा यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाकी आमाले सोही दिन महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको सो कार्यालयका डिएसपी गौतम मिश्रले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ७ गते पाटन अस्पतालमा गरिएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो