१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवदह नपा–२ का ३८ वर्षीय राजकुमार गुप्तालाई साउन २ गते देवदह खैरेनीबाट गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई साउन २ गते पसलमा बसिरहेको अवस्थामा यौन दुर्व्यवहार गरेको भन्दै पीडितका दाजुले साउन २ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
पीडित पक्षले उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।