धनगढी उमनपा-३ चटकपुरस्थित शहीदगेट नजिकै निलम होटेलमा साउन २ गते साँझ बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
विस्फोटमा परी बझाङ जिल्लाको जयपृथ्वी नपा-१४ का २६ वर्षीय रामबहादुर सिंहको मृत्यु भएको छ भने निलम हाटेलका सञ्चालक ३८ वर्षीय केशवराज पाण्डे, धनगढी उमनपा-४ का ३५ वर्षीय माबिन खान्, धनगढी उमनपा-३ का जितेन्द्रप्रसाद यादव र कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका-२ का ३६ वर्षीय लक्ष्मी सेलरा घाइते भएका हुन् ।
बम विस्फोट भएको स्थानबाट एक थान पेस्तोल समेत फेला परेको हुनाले उनीहरू प्रतिबन्धित नेकपाका सदस्य हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
रामबहादुर सिंहको कम्मरको पछाडीको भागमा चोट लागेर मुत्य भएको र बम आफैँले बोकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कायालर्यका डिएसपी दक्षकुमार बस्नेतले जानकारी गराए ।




