INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्लाको बेटकोट नपा-२ का २५ वर्षीय प्रवेश रानालाई साउन २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई विवाह गर्छु भनेर आरोपितले असार २९ गते भगाएर लगी, बलात्कार गरेर पीडितसँग भएको नगद तथा जिन्सी समान समेत लिएर भागेपछि पीडितले प्रहरीलाई जानकारी गराएकी थिइन् ।

प्रहरीले थाहा पाउने बित्तिकै प्रहरी परिचालन गरी आरोपितलाई गोदावरी नपा-२ बाट गिरफ्तार गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २ गते सेती अञ्चल अस्पतालमा गरिएको बस्नेतले बताए ।

अन्य

भिडियो