केही दिनदेखि आएको अविरल वर्षका कारण मुलुकभरमा ९० जनाको ज्यान गएको र २९ जना बेपत्ता भएका गृह मन्त्रालयले जनाएको छ ।
साउन २ गते बिहान साढे १० बजे अपडेट गरिएको अवस्था प्रतिवेदनमा उक्त तथ्याङ्क उल्लेख गरिएको छ ।
साउन २ गते बिहानसम्म ४१ जना घाइते भएका र ११ हजार ८ सय ३९ घरधुरी अस्थायी रूपमा विस्थापित भएका छन् ।
प्रभावितहरूको सहयोगका लागि अति प्रभावित ११ जिल्लाका जिल्ला तथा स्थानीय तहस्तरका विपद् सम्पर्क व्यक्तिहरूको सम्पर्क सूचीसमेत मन्त्रालयले राखेको छ ।