INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित गिरफ्तार

मङ्गला गाउँपालिका–३ झाँक्रीपानीकी ६७ वर्षीया आइतु रोकालाई कुटपिट गरेको आरोपमा प्रहरीले ४० वर्षीय छोरा भीमबहादुर रोकालाई असार ३० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २९ गते राति ११ बजे सुतिरहेको अवस्थामा एक्कासी आक्रमण गरेर गम्भीर घाइते बनाएको भन्दै स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

पीडितलाई उपचारका लागि जिल्ला अस्पताल बेनी ल्याइएपनि उपचार सम्भव नभएपछि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डिएसपी महेन्द्र मरासिनीले जानकारी दिए ।

अन्य

भिडियो