२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम जिल्ला चुलाचुली गाउँपालिका–६ स्थायी घर भई उर्लावारी नगरपालिका–१ मा बस्दै आएका २१ वर्षीय सङ्गम राईलाई असार २२ गते गिरफ्तार गरेको छ ।
फेसबुकमा साथी भएर गफगाफ गर्ने गरेका आरोपितले खेतमा काम गरेर फर्कँदै गरेको अवस्थामा असार २० गते बलात्कार गरेको पीडितले बताइन् ।
पीडित पक्षले आरोपितविरूद्घ असार २१ गते इलाका पहरी कार्यालय उर्लावारीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा असार २१ गते गरिएको छ ।