१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुखिपुर नपा–८ का २२ वर्षीय सञ्जय साहलाई एक वर्ष कैद र १० हजार रुपियाँ जरिवानाको फैसला गरेको छ ।
न्यायाधीश देवेन्द्र पौडेलको असार २३ गते बसेको इजलासले सो फैसला गरेको जिल्ला सरकारी वकिल एकराज अधिकारीले बताए ।
पीडित बालिकालाई साहले ०७५ फागुन २३ गते बलात्कार गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा सोही दिन उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन २३ गते भएको थियो । इलाका प्रहरी कार्यालय महेशपुर पतारले आरोपितलाई फागुन २३ गते गिरफतार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित चैत १५ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।