INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपा निकट युवा सङ्घका केन्द्रिय सदस्य गिरफ्तार

पाटन नगरपालिका–१० हतास निवासी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको भातृ सङ्गठन युवा सङ्घ नेपालका केन्द्रिय सदस्य ३५ वर्षीय श्यामराज भट्टलाई प्रहरीले असार २३ गते  गिरफ्तार गरेको छ ।

घरमा सुतिरहेको अवस्थामा भट्टलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

भट्टलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको र उनीसँग प्रतिबन्धित नेकपाका पर्चा पम्पलेट र अन्य कागजपत्रहरू फेला परेको डिएसपी पाण्डेले बताए ।

घरमा सुतिरहेको अवस्थामा आफ्ना कार्यकर्तालाई गिरफ्तार गरी सरकारले राजनीतिक सङ्गठनमा सङ्गठित हुने अधिकारको उल्लङ्घन गरेको विप्लव नेतृत्वको नेकपाका जिल्ला सचिव रामसिह कुवँरको आरोप छ ।

अन्य

भिडियो