डडेल्धुराका दुई ओटा वडा कार्यालयमा असार २२ गते फेला परेका दुई ओटा बम नेपाली सेनाले निष्क्रिय गरेको छ ।
जिल्लाको परशुराम नगरपालिकाको वडा नं. ९ गाईबाधे र वडा नं. १० कुर्मुल्लेको वडा कार्यालयमा फेला परेका बमहरू नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो ।
नेपाली सेना २५ बाहिनी भगतपुर, कञ्चनपुरको बम डिस्पोजल टोलीले कार्यलयमा भेटिएका बम निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय जोगबुडाका इन्स्पेक्टर इश्वरीदत्त पाण्डेयले जानकारी दिए ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले परशुराम नगरपालिकाको वडा नं. ९ गाईबाधे र वडा नं. १० कुर्मुल्लेको वडा कार्यालयमा तालाबन्दी गरी तालाकै माथि बम राखेको थियो ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले भित्री मधेस क्षेत्रका स्थानीय तह र वडा कार्यालयमा लगाइएका ताला प्रहरीले तोडेको छ ।
आलिताल गाउँपालिका र गाउँपालिकाका सात ओटा वडा कार्यालयहरू र परशुराम नगरपालिकाका चार ओटा वडा कार्यालयमा लगाइएका ताला प्रहरीले तोडेको हो ।