चितवन अदालतका न्यायाधीश टेकनारायण कुवँर अनुपस्थित हुँदा कात्तिक २३ गते फैसला हुने भनिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी सरेको छ । यो मुद्दाको पेशी मङ्सिर १२ गतेलाई तोकिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालले बताए ।
फुजेलका अधिकारीको माओवादी सशस्त्र सङ्घर्ष उत्कर्षमा रहेका बेलामा चितवनको रत्ननगरमा तत्कालीन माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेको आरोपमा चितवन जिल्ला अदालतमा मुद्दा परेको थियो ।
अधिकारीको हत्या ०६१ जेठ २४ गते गरिएको विषयमा चितवन जिल्ला अदालतमा झण्डै तीन वर्षदेखि मुद्दा चलिरहेको छ ।
यो मुद्दामा प्रतिवादीका तर्फबाट १३ जना, मुद्दा दिने निवेदकको तर्फबाट सात जना र दुईजना सरकारी वकिलले बहस गरेका थिए ।