सर्केगाड गाउँपालिका–५ कुतिगाउँ घर भई सिमकोट गाउँपालिका–६ बस्ने ३८ वर्षीया सुनिता बुढालाई हत्या प्रयास गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति राजबहादुर बुढालाई असार १९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असार १९ गते मदिरा सेवन गरेका बुढाले दिउँसो ३ बजेतिर एक्कासी धारिलो हतियारले मार्ने प्रयास गरेपछि आफू भागेर मात्र बाँच्न सफल भएको पीडितको भनाई छ ।
घटना लगत्तै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी दिएकी थिइन् । पीडितको उजुरीपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, हुम्लास्थित हिरासतमा राखिएको इन्स्पेक्टर हरिहर खड्काले जानकारी दिए ।