INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारत उत्तर प्रदेश रामपुर स्थायी घरभई बुटवल उमनपा बस्दै आएका ५० वर्षीय जलालउद्दिन मुसलमानलाई असार १८ गते बुटवलबाट गिरफ्तार गरेको छ ।

आरोपि असार १८ गते भिक्षा माग्न बालिकाको घरमा पुगेको बेला बालिकाले घरमा कोही नभएको जानकारी दिएपछि आरोपितले चामल मागेको र चामल दिने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुबाले असार १८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

पीडितपक्षको उजुरीका आधारमा प्रहरीले गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी भिमलाल भट्टराईले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १८ गते लुम्बिनी अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो