INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–५ हिलेपोखरीका ३८ वर्षीय भरत खत्रीलाई असार १२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई असार ५ गते बलात्कार गरेको भन्दै असार १२ गते मौखिक उजुरी आएपछि असार १२ गते नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

असार १३ गते पीडितले लिखित उजुरी दिएकी छन् । उक्त घटना गाउँ तहमै मिलाउने प्रयास भएपनि नमिलेपछि केही ढिला गरी प्रहरीसम्मआइपुगेको जनाइएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण असार १२ गते गोरखा अस्पतालमा भएको छ ।

अन्य

भिडियो