विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको क्रममा कास्कीका ३ स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । पोखरा महानगरपालिका-१७ स्थित पार्दी बिरौटा खाद्यान्नको पछाडिको भागमा पर्ने सडक पेटीमा भेटिएको उक्त वस्तुलाई डिस्पोज गरिएको छ ।
पोखरा मनपा-२७ तालचोक र डाँडाको नाक चोकको बीच भागमा भेटिएको सकेट बमलाई समेत डिस्पोज गरिएको छ ।
पोखरा मनपा-१४ चाउथे स्थित रचना मःम खाजा घर नजिकै भेटिएको प्रेसर कुकर बमलाई बिहान करिब ७ बजे डिस्पोज गरिएको छ ।
यस्तै पोखरा मनपा-९ स्थित नयाँबजारको सडकमा भेटिएको बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । पोखरा एयरपोर्टमा रहेको नेपाली सेनाको कालिभन्जन गणको डिस्पोजल टोलीले बम डिस्पोज गरेको हो ।
मानवीय र भौतिक क्षति भने नभएको कास्की जिल्ला प्रहरी कार्यलयका डिएसपी राजकुमार केसीले जानकारी दिए ।