१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–१ का १९ वर्षीय श्यामकुमार महरा, कर्जन्हा नपा–२ का २० वर्षीय वीरेन्द्र साह र २४ वर्षीय रञ्जितकुमार यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा असार ९ गते उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितहरूले असार ८ गते बलात्कार गरेको पीडित परिवारको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार ८ गते भएको प्रहरीले जनाएको छ ।
आरोपित श्यामलाई असार ८ गते नै गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले बताए । अन्य आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको डिएसपी खनालले जानाए ।