नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएको आरोपमा जाजरकोटको छेडागाढ नगरपालिका–१२ मा स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका ४२ वर्षीय नरबहादुर कार्कीलाई प्रहरीले असार ९ गते गिरफ्तार गरेको छ ।
प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौँ प्रहरी परिसर टेकुको संयुक्त टोलीले कार्कीलाई असार ९ गते बालुवाटारबाट गिरफ्तार गरिएको महाशाखा प्रमुख सहकुलबाहादुर थापाले बताए । कार्कीले सामाजिक सञ्जालमार्फत सरकारविरूद्ध अफवाह फैलाउने कोशिस गरेको प्रहरीको आरोप छ ।