INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएको आरोपमा जाजरकोटको छेडागाढ नगरपालिका–१२ मा स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका ४२ वर्षीय नरबहादुर  कार्कीलाई प्रहरीले असार ९ गते गिरफ्तार गरेको छ ।

प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौँ प्रहरी परिसर टेकुको संयुक्त टोलीले कार्कीलाई असार ९ गते बालुवाटारबाट गिरफ्तार गरिएको महाशाखा प्रमुख सहकुलबाहादुर थापाले बताए । कार्कीले सामाजिक सञ्जालमार्फत सरकारविरूद्ध अफवाह फैलाउने कोशिस गरेको प्रहरीको आरोप छ ।

अन्य

भिडियो