बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सामा शङ्कास्पद बस्तु फेला परेको छ । सुतली बम जस्तो देखिने शङ्कास्पद बस्तुसँगै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पर्चा समेत रहेको गाउँपालिकाका लेखापाल राजबहादुर सिंहले जानकारी दिए ।
लिम्सामा घाम नलागेसम्म फोन सम्पर्क नहुने हुँदा खास के हो भनेर स्पष्ट रूपमा पुष्टि हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय जाजरकोटले सम्पर्क जारी राखेको जनाएको छ ।
बारेकोटस्थित इलाका प्रहरी कार्यालय दुई घण्टाको पैदल दुरीमा पर्दछ । इलाका प्रहरी कार्यालयको प्रहरी टोली प्रशासकीय केन्द्रमा पुगेपछि वास्तविक कुरा जानकारी हुने जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी श्यामबहादुर खत्रीले बताए ।