INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारकर्मीको संयुक्त टोलीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अनुगमन (फोटो फिचर)

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ को संयोजनमा इन्सेक रूपन्देही, नेपाल पत्रकार महासङ्घ रूपन्देही, मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको संयुक्त टोलीले असार ५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा टोलीले अस्पतालको इमर्जेन्सी सेवा प्रवाहको अवस्था, फिजिसियन सेवा, अस्पतालमा सेवाग्राहीलाई गरिने व्यवहार, अस्पतालमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, गर्भवती महिलालाई दिइने सेवा र सहज पहुँचको स्थिति, सामाजिक सेवा एकाइबाट दिइने सेवाको अवस्था, स्वास्थ्य विमाको प्रभावकारिता जस्ता विषयमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा अस्पतालबाट दिइने सेवामा सेवाग्राहीहरूमैत्री सेवा नभएको, अस्पतालमा रहेको टिकट काउण्टर अव्यवस्थित भएको, जसले गर्दा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्तहरूलाई अप्ठ्यारो परेको, सूचनामा टिकट काउण्टर साढे ८ बजे खुल्ने भनिएपनि समयमा नखुलेर पौने नौ बजे मात्र खुलेको ।

टिकट काउण्टर र रकम बुझाउने काउण्टर एकै स्थानमा भएकोले अनावश्यक झन्झट भोग्नु परेको, टोकन मेसिन बिग्रेको, डाक्टरका अक्षर नबुझिने गरी लेखेको, स्वास्थ्य विमा नागरिकमैत्री हुन नसकेको, रातमा आउने बिरामीका लागि स्वास्थ्य बिमाले छुन नसकेको जस्ता समस्याहरू पाइएको अनुगमनकर्ताले बताएका छन् ।

त्यस्तै अस्पतालमा शौचालयहरू एकदमै फोहोर भएको, बिरामीलाई खाना बनाउने किचनमा शौचालयको दुर्गन्धले बस्न नसकिने थियो, अस्पतालमा बिरामीहरूले कुनै जिज्ञाशा राख्दा झन्झट मान्ने, जस्ता गुनासोहरू आउने गरेको बिरामी र बिरामीका कुरूवाहरूले बताए ।

गुल्मी रेसुङ्गा नपा–५ की पार्वती पाण्डेले भनिन्–‘पाठेघरको समस्या भएकी पाण्डेले अस्पताल यति धेरै अस्तव्यवस्त रहेछ के गर्ने जसले जे गरेपनि चुप लाग्नुपर्ने । बल्ल बल्ल पालो लगाएर गयो राम्ररी समस्या नबताउँदै उठनुपर्ने बाध्यता छ ।’

माथि उल्लेखित व्यक्तिहरू त प्रतिनिधिमुलक पात्रहरू मात्र हुन यस्ता धेरै सेवाग्राही छन् जसले स्वास्थ्य सेवासम्म आफ्नो पहुँचलाई बढाउन सकेका छैनन् ।

अस्पतालले सञ्चालन गरेको फार्मेसी सुनसान थियो, अस्पतालको हाताभित्रको प्राइभेट फार्मेसीमा खचाखचको अवस्था थियो देवदह खैरेनीका रामकृष्ण श्रेष्ठले भने सरकारी फार्मेसी भन्न मात्र हो औषधि पाइँदैन ।

वरिष्ठ फिजिसियन डाक्टर सुदर्शन थापाले गर्मीका कारणले गर्दा भाइरल ज्वरोका बिरामी, झाडापखाला, आउ जण्डिस, घाउखटिरालगायतका समस्याहरू बढी आउने गरेको बताए । वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर सुरज तिवारीले मानसिक समस्या भएर आउने बिरामीहरूको सङ्ख्या पनि बढ्दो भएको बताए ।

उनले अस्पतालले अहिले मनोपरामर्श सेवा, शिक्षा, उपचार र छुट्टै बेड नभएका कारण मेडिकल वार्डसँग सहकार्य गरेर भर्ना गर्ने गरेको बताए । उनले मानसिक स्वास्थ्य विभागको महत्वपूर्ण आवश्यकता रहेको छ ।

सेवा दिनका लागि कठिन भएको थियो । इमर्जेन्सी विभागमा बिरामीको चापका कारण एउटै वेडमा दुईजनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट वरिष्ठ जनरल सर्जन डाक्टर कृष्ण खनालले राज्यले स्वास्थ्य सेवालाई निशुल्क प्रदान गर्ने भनेको भए पनि कानुन नीति बनाउने बीचमा ठूलो खाडल रहेको बताए ।

photo20190622rupandehi (1)

photo20190622rupandehi (2)

photo20190622rupandehi (3)

photo20190622rupandehi (4)

photo20190622rupandehi (5)

photo20190622rupandehi (6)

photo20190622rupandehi (7)

photo20190622rupandehi (8)

अन्य

भिडियो