INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित विरूद्ध उजुरी

छत्रदेव गाउँपालिका–३ की १४ वर्षीया बालिकालाई बेचबिखन गर्न लागेको आरोपमा भारत दिल्लीमा बसोबास गर्ने २२ वर्षीय अरुण खनाल, पाणिनी गाउँपालिका–७ की ४६ वर्षीया सरस्वती न्यौपाने र सन्धिखर्क नपा–५ की ४५ वर्षीया सावित्रा कुमालविरूद्ध पीडित पक्षले असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

आरोपितहरू जेठ ३२ गते विवाह गर्ने भन्दै छोरी माग्न आएका र छोरीको उमेर नपुगेको कारण विवाह नगर्ने भन्दै पठाएपछि प्रलोभन देखाएर भारततर्फ लगेको पीडितकी आमाले बताइन् ।

पीडित बालिकालाई नेपालबाट विवाह गरेको बाहाना बनाइ असार ३ गते भारततर्फ लैजाँदै गर्दा सोधपुछको क्रममा विवाह गरेको प्रमाण नखुलेपछि पीडितको उद्धार प्रहरीको जिम्मा लगाएको हो ।

घटनाका आरोपितविरूद्ध उजुरी आएकोले तीनै जनामाथि मानव बेचबिखन तथा ओसार पसार शीर्षकमा उजुरी दर्ता गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भिरजङ्ग थापाले बताए ।

अन्य

भिडियो