१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिसहनीया-७ भुल्केका ३६ वर्षीय धनबहादुर परियारलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७२ भदौ १८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले सोही दिन सिसहनीया प्रहरी चौकीमा उजुरी दिएका थिए ।
‘घटना लगत्तै फरार रहेका आरोपितलाई एक वर्षपछि गिरफ्तार गर्न प्रहरी सफल भएको छ ।’-जिल्ला प्रहरी कार्यालय दाङ्का एसपी धिरजप्रताप सिंहले भने ।
पीडित बालिकाको स्थास्थ्य परीक्षण ०७२ भदौ १८ गते प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा गरिएको थियो ।