कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले वीरेन्द्रनगर नपा–१० स्थित मदरसा मदिना माध्यमिक विद्यालयलाई आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।
२०६३ सालमा स्थापित मदरसा मदिना माध्यामिक विद्यालयलाई हालसम्म राज्यले उपेक्षा गरेको भनी इन्सेकद्वारा गठित मानव अधिकार निगरानी समूह, वीरेन्द्रनगरले जेठ ३० गते मन्त्री रावल समक्ष बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
आगामी शैक्षिक सत्र ०७७ देखि कक्षा ११ अनिवार्य सञ्चालन गर्नुपर्नेमा भौतिक संरचना र फर्निचरको व्यवस्था गर्न मन्त्री रावलले आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको मानव अधिकार निगरानी समूहका सदस्य सविना बानुले बताइन् ।
कार्यक्रममा मानव अधिकार निगरानी समूह, वीरेन्द्रनगरका अध्यक्ष लक्ष्मी शर्माले मन्त्री रावललाई ज्ञापनपत्र बुझाएकी थिइन् ।

