१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका विर्तामोड नगरपालिका-८ गरामनी बस्ने २२ वर्षीय खडगबहादुर राजवंशीलाई जिल्ला अदालतले जेठ २० गते १२ वर्ष कैदसहित ६० हजार रुपियाँ जरिवानाको फैसला गरेको छ ।
न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले उक्त फैसला गरेको हो । पीडित बालिकालाई राजवंशीले ०७५ जेठ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय अनारमानीमा ०७५ जेठ ५ गते उजुरी गरेको थियो ।
आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ५ गते मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको थियो ।