दैलेख सालखर्ककी ३६ वर्षीया खगीसरा सुनारलाई बन्चरो प्रहार गरी कात्तिक १० गते राति हत्या गरेको आरोपमा उनका ३९ वर्षीय पति मिनबहादुर सुनारलाई प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ ।
भारतको सिमलामा मजदुरी गर्ने मीनबहादुरसँगै बर्दियाको सोरहवा-३ बस्ने दाजु दलबहादुर सुनारको घरमा भेटघाटका लागि आएका बेला सामान्य विवाद हुँदा बञ्चरोले प्रहार गर्दा घटनास्थलमै खगीसराको मृत्यु भएको प्रहरीको भनाइ छ ।
मृतक महिलाको टाउको, घाँटी र निधारमा बन्चरोले प्रहार गरेको घाउ रहेको छ । आरोपित मिनबहादुर फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी नेत्रमणि गिरीले बताए ।
मृतक महिलाको शवको पोष्टमार्टम कात्तिक ११ गते जिल्ला अस्पताल गुलरियामा गरिएको डिएसपी गिरीले बताए ।