नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले दार्मा गाउँपालिका–३ बेरुखेत निवासी २५ वर्षीया आशा बिकलाई जेठ १५ गते गिरफ्तार गरेको छ ।
नवजात शिशुको हत्या भएको बारेमा स्थानीयले प्रहरीलाइ खबर गरेपछि आरोपित आमालाई प्रहरीले गिरफ्तार गरेको हो ।
शिशुको शव सोही ठाउँको जङ्गलमा पुरिएको अवस्थामा फेला परेको थाहा पाएपपिछ इलाका प्रहरी कार्यालय फारुला र थारमारेको टोली घटनास्थल पुगेको हो ।
शवको पोष्टमार्टम जिल्ला अस्पताल सल्यानमा जेठ १६ गते गरिएको छ । घटनाको बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।