१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै लहान नपा–२४ का २० वर्षीय सुन्दर सदालाई जिल्ला अदालतले जेठ १६ गते १४ वर्षको कैद फैसला गरेको छ ।
न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल बसन्त काफलेले बताए । सहायक वकिल काफ्लेले २५ हजार रुपियाँ क्षतिपुर्तिको समेत फैसला भएको बताए ।
पीडित बालिकालाई आरोपितले ०७५ भदौ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा भदौ ४ गते उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्तालमा भदौ ३ गते भएको थियो ।
इलका प्रहरी कार्यालय लहानले आरोपितलाई भदौ ३ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित भदौ २२ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।