INSEC Online

📅 २०८३ जेष्ठ २१

मुख्यमन्त्रीलाई लक्षित गरी बम विष्फोट

पलाँता गाउँपालिका–९ मा राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले जेठ १५ गते बम विष्फोट गराएका छन्  । विष्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

गणतन्त्र दिवसमा जिल्लास्थित राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्न पलाताको हेलिकप्टरमा थिर्पू पुगेका मुख्यमन्त्री शाहीलाई उक्त पार्टीका कार्यकर्ताले बम विष्फोट गराएको जानकारी आएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्यक्रम उद्घाटन सकेर हेलिकप्टरबाट फर्कनै लाग्दा झण्डै ८ सय मिटर टाढाको दुरीमा बम  विष्फोट गराएको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिए ।

बम विष्फोटको घटनामा संलग्न आरोपितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए ।

अन्य

भिडियो