INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्ति मोर्चा झापाका अध्यक्ष ३७ वर्षीय प्रविन दर्नाललाई प्रहरीले जेठ १२ गते गिरफ्तार गरेको छ ।

विर्तामोड नगरपालिका क्षेत्रमा बस्दै आएका उनलाई विर्तामोड नपा-५ बजार क्षेत्रबाट गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

बन्दको पूर्व सन्ध्यामा उनलाई गिरफ्तार गरिएको र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले दर्नाललाई गिरफ्तार गरेको विषयमा कुनै जानकारी नभएको बताए ।

अन्य

भिडियो