सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित साउनेमा जेठ १२ गते अपरिचित व्यक्तिलेप्रहार गरेको गोली लागेर जीवन विकास संस्था नामको वित्तिय संस्थाका कर्मचारीमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेको हो ।
गोली प्रहारबाट कर्मचारी २८ वर्षीय शम्भु गच्छदार घाइते भएका छन् । उनको हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
गच्छदारसँग भएको ४ लाख नगद समेत लुटिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले घटनाको पुष्टि गरेका छन् ।
एसपी अधिकारी अहिले धरान गएका छन् भने घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसहितको टोली गएको छ ।
घटनापछि धरान र आसपासको नाकामा कडाई गरिएको छ । ‘गोली चलाएको भन्ने अपुष्ट खबर आएको थियो । कुहिनामा चोट लागेको भन्ने छ । घटनामा डिएसपी सापको टोली गएको छ । म आफैँ पनि धरान आउदैछुँ ।’–एसपी अधिकारीले भने ।