INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको कसुरमा ६ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले जेठ ६ गते भेरी नपा–२ का १७ वर्षीय बालकलाई ६ वर्षको कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश देवकुमार गिरीको इजलासले सो फैसला गरेको जिल्ला अदालत जाजरकोटका नायब सुब्बा सर्पराज खत्रीले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितले ०७५ चैत २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई ०७५ चैत २६ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ३ गते जिल्ला अस्पताल, जाजरकोट गरिएको थियो ।

अन्य

भिडियो