INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार कुटपिट घटनाका आरोपितले माफी मागे

रेडियो वेतना र निरन्तर खबर डटकमका अध्यक्ष बेलवारी नगरपालिका–१ का ३३ वर्षीय पत्रकार भोजराज बस्नेतलाई कुटपिट गर्ने तीन जना आरोपितले सर्वपक्षीय भेलामा माफी मागेपछि रिहा भएका छन् ।

नेपाली कांग्रेसको बेलवारी नपा–११का उपसभापति बेलवारी–११ का ३६ वर्षीय विक्रम राई, सोही ठाउँका वडासचिव ३६ वर्षीय राम तामाङ र क्षेत्रीय प्रतिनिधि ६० वर्षीय लिङ्गबहादुर थेवे रिहा भएका हुन् ।

जेठ ६ गते इलाका प्रहरी कार्यालयमा भएको सर्वपक्षीय भेला र छलफलमा आरोपितहरूले आगामी दिनमा त्यस किसिमका गल्ती नदोहोर्‍याउने शर्तमा माफी मागेपछि कानुनी कारवाही अघि नबढाएको पत्रकार बस्नेतले बताए ।

खानेपानीको विषयमा अनियमितता भएको आरोपमा कांग्रेस ११ नम्वर वडा समितिले कारवाही गरेपछि सो विषयमा समाचार लेखेको भन्दै आरोपितहरूले जेठ ५ गते पत्रकार बस्नेतलाई कुटपिट गरेका थिए ।

पीडित पत्रकारले घटना लगत्तै इलाका प्रहरी कार्यालय बेलवारीमा आरोपितविरूद्ध उजुरी दिएपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।

जेठ ६ गते भएको छलफलमा आरोपितले माफी मागेको र पीडित पत्रकारले मिलापत्र गर्ने सहमति गरेपछि कानुनी कारवाही नगरिएको इलाका प्रहरी कार्यालय बेलवारीका इन्स्पेक्टर केशव श्रेष्ठले बताए ।

अन्य

भिडियो