INSEC Online

📅 २०८३ जेष्ठ २२

दुई महिने छोरीको हत्या, आरोपित आमा गिरफ्तार

दरवार गाउँपालिका–४ की दुई महिनाकी छोरी विष्णु बिकको हत्या गरेको आरोपमा प्रहरीले ३६ वर्षीया आमा जमुना बिकलाई जेठ २ गते गिरफ्तार गरेको छ ।

आरोपित बिकले जेठ २ गते चिरपटले कन्चटमा प्रहार गरी छोरीको हत्या गरेको सो वडाका वडाध्यक्ष खुमबहादुर पल्लीले बताए ।

पल्लीका अनुसार बिकले पटक–पटक छोरीको हत्या प्रयास गरेपनि स्थानीयले जोगाउँदै आएका थिए । पीडित पक्षले जेठ २ गते दिएको मौखिक उजुरी पश्चात प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका एसपी दिपककुमार बस्नेतले घटनाको बारेमा थप अनुसन्धान भइरहेको र शव पोेष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको बताए ।

अन्य

भिडियो