INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

भारत मुम्बई घर बताउने १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत सिद्धार्थनगरका २६ वर्षीय शम्भु प्रजापतिलाई जेठ २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले प्रलोभन देखाएर कृष्णनगरस्थित होटेलमा जेठ २ गते बलात्कार गरेको भन्दै पीडित बालिकाले इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएको डिएसपी देबेन्द्र पाण्डेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २ गते शिवराज अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो