३७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत, म्याग्दीले मङ्गला गाउँपालिका–२ बाबियाचौरका ३२ वर्षीय बाबुराम सुनारलाई ३ वर्ष ६ महिना कैद र २५ हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ ।
न्यायाधीश राजकुमार कोइरालाको इजालसले जेठ २ गते सो फैसला गरेको अदालतले जनाएको छ ।
पीडित महिलालाई सुनारले ०७५ पुस ४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले पुस ५ गते उजुरी गरेकी थिइन् । पीडित महिलाको स्वास्थ परीक्षण पुस ५ गते बेनी अस्पतालमा गरिएको थियो ।