INSEC Online

📅 २०८३ जेष्ठ २२

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

दुधौली नगरपालिका–३ निपाने कालापानीकी ४४ वर्षीया डस्नी कुमँरलाई ५० वर्षीय पति सञ्चा कुमँरले सोही ठाउँ बस्ने २७ वर्षीया छिमेकी बेलमती कुमँरको सहयोगमा वैशाख ३० र ३१ गते कुटपिट गरेको पीडितले आरोप लगाएकी छन् ।

पीडित महिलालाई आरोपितले वैशाख ३० गते शरीरका विभिन्न अङ्गमा कुटपिट गर्नुका साथै योनीमा दालभात र अचार कोचिदिएको पीडितले बताइन् ।

वैशाख ३१ गते बेलमतीको सहयोगमा कुटपिट गरी ढुङ्गा प्रहार गरी घाइते बनाएको भन्दै पीडितका ४९ वर्षीय दाजु लुदा कुमँर र २३ वर्षीय छोरा हिरन कुमँरले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा वैशाख ३१ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बताए ।

पीडितलाई आरोपित पतिले विगत तीन वर्षदेखि ‘तँ बुढी भइस् अर्की पत्नी ल्याउँछु’ भन्दै कुटपिट गर्दै आएको उजुरीमा उल्लेख गरिएको छ ।

कुटपिटबाट घाइते भएकी डस्नीलाई वडा सदस्य धनकुमारी घिमिरे र मेलमिलापकर्ताहरूको सहयोगमा पीडितका छोरा र दाजुले वैशाख ३१ गते जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि ल्याएको पीडितका दाजुले बताए ।

पीडित महिलाको उपचार एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सहयोगमा जिल्ला अस्पतालमा भइरहेको र घाउजाँच केश गरेर कारवाही अगाडि बढाइने एसपी सिंहले बताए ।

photo2019-5-16 Sindhuli

अन्य

भिडियो