INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह घटनाका आरोपित उजुरी दर्ता

१३ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा हिलिहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङविरूद्ध वैशाख २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडितका आफन्तले आरोपितविरूद्ध दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए ।

पीडित पक्षको सूचनाका आधारमा आरोपितलाई वैशाख २५ गते गिरफ्तार गरिएको इन्स्पेक्टर पौडेलले जानकारी दिए ।

आरोपितले वैशाख २५ गते बालिकालाई ललाईफकाई गरेर फिदिम नपा–१ स्थित शिवालय मन्दिरमा सिन्दुर पोते लगाएको पीडितका आफन्तले बताए ।

अन्य

भिडियो