INSEC Online

📅 २०८३ जेष्ठ २१

आगो लगाएर बालिकाको हत्या, घटनाका आरोपित बाबुआमा गिरफ्तार

व्यास गाउँपालिका–५ की ११ महिने छोरी अनुस्का विष्टलाई वैशाख २६ गते राति आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीय बुबा नविन विष्ट र १९ वर्षीया आमा शिला विष्टलाई वैशाख २७ गते गिरफ्तार गरको छ ।

घर नजिकै रहेको खरमा आगो लगाएर छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हिक्मत बोहराले जानकारी दिए ।

छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयको सहयोगमा राति नै नियन्त्रणमा लिइएको वडा अध्यक्ष मङ्गलसिह धामीले बताए ।

उनले भने–‘खरमा आगो लगाएर बच्चाको हत्या गरेको रहेछ । भाग्न खोज्दा स्थानीयसहित हामी मिलेर समातेर राख्यौँ ।’ शवको पोष्टमार्टम वैशाख २७ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो