१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनरूप नपा-२ का ३५ वर्षीय उपेन्द्रदास तत्मालाई जिल्ला अदालतले कात्तिक ५ गते नौ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
न्यायाधीश इश्वरीप्रसाद गौतमको इजलासले पीडित बालिकालाई ललाईफकाई नियन्त्रणमा लिएर यौनशोषण गरेको आरोपमा कैद र जरिबानाको फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।
पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा ०७३ वैशाख २७ गते उजुरी दिएलगत्तै प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो ।
प्रहरीले आरोपितविरूद्ध वैशाख २७ गते मुद्दा दर्ता गरी कारबाही थालेको थियो । जिल्ला अदालतको आदेशले आरोपित पूर्पक्षका लागि ०७३ जेठ २१ गतेदेखि राजविराज कारागारमा थुनामा थिए ।