INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई विवाह गर्छु भनी बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका– ६ का २६ वर्षीय गोपाल राईलाई वैशाख २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७५ फागुन १४ गते विवाह गर्छु भन्दै बालिकालाई घरमा लगेर राखेको कुरा छिमेकीले थाहा पाएर प्रहरीमा खबर गरेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी माधव श्रेष्ठले बताए ।

पीडित बालिकाकी आमाले अर्को विवाह गरेर अन्तै गएकी र बुबाले पनि कान्छी आमा ल्याएपछि एक्लिएकी बालिकालाई आरोपितले फकाएर घरमा लगि पटकपटक बलात्कार गरेको प्रहरीको भनाई छ ।

आरोपित विरूद्ध पीडितका बाबुले वैशाख २५ गते नै उजुरी दिएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २५ गते गरिएको छ ।

अन्य

भिडियो