INSEC Online

📅 २०८३ जेष्ठ २१

धम्की आएपछि कोठा सर्न बाध्य भएको पीडित पक्षको गुनासो

६ वर्षीया बालिकालाई बलात्कार घटनापछि विक्षिप्त बनेको पीडित परिवार आरोपितका तर्फबाट विभिन्न खाले प्रलोभन र धम्की आएपछि थातथलो सार्न बाध्य भएको पीडित पक्षले गुनासो गरेको छ ।

पीडित बालिकालाई वैशाख २ गते विर्तामोड नगरपालिका–५ का ४० वर्षीय प्रकाश तोलाङ्गीले बलात्कार गरेको घटनापछिविक्षिप्त भएको बालिकाको परिवार विर्तामोड नपामा बसोबास गरिरहेको थातथलो बाट सर्न बाध्य भएको हो ।

पीडित पक्षले इन्सेक प्रतिनिधिसँग आरोपितका आफन्तबाट प्रलोभन र विभिन्न खाले धम्की आएपछि थातथलो सार्न बाध्य भएको गुनासो गरेका छन् ।

आरोपित प्रहरी हिरासतमा भएपनि उनका आफन्तहरूबाट विभिन्न खाले प्रलोभन र धम्की आएपछि असुरक्षित महसुस गरी ठाउँ सर्न बाध्य भएको पीडित पक्षको भनाई छ ।

वैशाख २ गते घटना भएपछि पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालयमा आरोपितविरूद्घ उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी कानुनी कारवाही अघि बढाएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा वैशाख २ गते गरिएको थियो । पीडित पक्षले असुरक्षित भएर ठाउँ सर्न बाध्य भएको विषयमा कुनै जानकारी नआएको डिएसपी श्रेष्ठले बताए  ।

अन्य

भिडियो