INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता इन्सेकको रोहवरमा रिहा

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बुद्धिजिवी सङ्गठन भेरी कर्णाली इञ्चार्ज ३१ वर्षीय धनराज शाहीलाई प्रहरीले इन्सेकको रोहवरमा वैशाख २४ गते रिहा गरेको छ ।

तिलागुफा नपा–६ का शाहीलाई जिल्ला प्रहरी कार्यालयबाट इन्सेकको रोहवर तथा पत्रकार दिलिपकुमार शाहीको जिम्मामा छाडिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले बताए ।

विप्लव नेतृत्वको नेकपामा लागेको आरोपमा प्रहरीले शाहीलाई ०७५ चैत २९ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालत कालिकोटले शाहीलाई वैशाख ८ गते धरौटीमा रिहा गरेपनि प्रहरीले पुनः सोही दिन सार्वजनिक मुद्दामा गिरफ्तार गरी हिरासतमा राखेको थियो ।

वैशाख २३ गते जिल्ला प्रशासन कार्यालय, कालिकोटले २ हजार रुपियाँ धरौटी तथा दैनिक तारेखमा रिहा गर्ने भनी गरेको फैसलापछि प्रहरीले शाहीलाई इन्सेकको रोहवरमा रिहा गरेको जनाएको छ ।

अन्य

भिडियो